Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकको Cash Back अफर Big Mart मा

२०८१ पुष १८ गते

बैंकिङ खबर/ सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न विग मार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको छ । बिगमार्टको, काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी नेपाल अधिराज्यभर १०७ वटा आउटलेट सञ्चालनमा छन् ।

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत विग मार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरुलाई १० ५ वा अधिकत्म रु २०० सम्मको क्यास ब्याकको व्यवस्था गरेको छ । यो योजना २०८१/०९/१९ देखि २०८२/०९/१६ सम्म लागु हुनेछ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२५ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।