बैंकिङ खबर/हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरू मध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरेको छ ।
जसअनुसार अब सो शाखा स्थानान्तरण पछि आजबाट कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिक सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको शुभारम्भ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरू तथा अतिथिहरूको उपस्थितिमा गरेका छन् ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८२ ATM ८,००० भन्दा बढी POS Terminals र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।