बैंकिङ खबर/ गरिमा विकास बैंक चापाकोट शाखाको आयोजनामा चापाकोट नगरपालिका वडा नम्बर ८ क्वामीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । रत्नपुर साना किसान कृषि सहकारी संस्थाका सदस्यहरुलाई एक भब्य समारोहकाबीच वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता सोही सहकारीका अध्यक्ष जीवन डोटेलले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि गरिमा विकास बैंक वालिङ क्षेत्रीय कार्यालयका प्रमुख लेखनाथ भट्टराई र विशिष्ट अतिथि चापाकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष टोपलाल न्यौपाने रहेका थिए । उक्त कार्यक्रम सञ्चालन चापाकोट वडा नम्बर ८ की वडा सचिव शान्ति श्रेष्ठले गरेकी थिइन् ।
कार्यक्रममा प्रशिक्षक तथा सहजकर्ताको रूपमा गरिमा विकाश बैंक चापाकोट शाखाका शाखा प्रमुख कृष्ण प्रसाद रेग्मीले गरेका थिए । प्रशिक्षक रेग्मीले वित्तीय ज्ञान हरेक व्यक्तिलाई आवश्यक रहेको साथै बचत,कर्जा,पारिवारिक बजेट,बजेट योजना,डिजिटल बैंकिङ प्रयोग तथा महत्त्वका विविध विषयमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य सहकारीका उपाध्यक्ष शालिकराम आचार्यले राखेका थिए भने रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कमल प्रसाद पौडेल र विशिष्ट अतिथि टोपलाल न्यौपानेले आफ्नो मन्तव्य राख्दै बैंकले उपयुक्त कार्यक्रम गरेकोमा खुसी व्यक्त गरेका थिए । त्यस्तै सहभागीको तर्फबाट लक्ष्मी न्यौपाने र डोलराज आचार्यले आफ्नो अनुभव मार्फत राम्रो कुरा आफ्नै टोलमा सिक्न पाएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि लेखनाथ भट्टराईले गरीमा विकास बैंकले आफ्नो सेवाका अलावा समाजमा आर्थिक सचेतना फैलाउने काम देशका विभिन्न ठाउमा गर्दै आएको र यसै अवसरमा सबैकोको माझमा आफुहरु आएको बताउँदै सबैकुरा बुझेर मात्र आर्थिक कारोबार गरेमा आर्थिक बोझबाट बच्न सकिने बताए । सहकारीका अध्यक्ष जीवन डोटेलले आफ्नो संस्थाको आग्रहलाई स्वीकार गरेर आफ्ना सहकारीका सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम मार्फत अझ उत्प्रेरित गरीदिनुभएकोमा बैंक प्रति आभार प्रकट गरेका थिए ।