Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंक लहानको ताला खुल्यो, जग्गा रोक्का र फिर्ता गर्ने सहमति

admin २०८१ पुष ११ गते
सेयर:

बैंकिङ खबर/प्रक्रिया मिचेर करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै लहानमा रहेको कृषि विकास बैंकमा लागेको ताला खुलेको छ। लहान नगरपालिका–२ का ऋणी रामचन्द्र यादवले स्थानीयवासीको सहयोगमा तालाबन्दी गरेका थिए। वार्ता भएर ८ घण्टापछि साँझ तालबन्दी खुलेको छ। वार्ता समितिले यो प्रक्रियामा दोषी देखिने सबैलाई कारबाही गर्न माग गरेका छन्।

लिलाम भएका जग्गा तत्कालै बैंकले मालपोतलाई पत्राचार गरी रोक्का गर्ने र कानुनी प्रक्रिया मिलाएर जग्गा फिर्ता गरी धनीको नाममा कायम गर्ने सहमति भएको छ। दिनभरि कर्मचारीहरूलाई भित्रै थुनिएको थियो। जसका कारण सेवा अवरुद्ध रहेको थियो। प्रहरीले बाहिर सुरक्षा दिएका थिए।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।