December 23rd, 2024

दुई वाणिज्य बैंकसहित ६ कम्पनीले बोलाए साधारणसभा, यस्ता छन् एजेण्डा

बैंकिङ खबर/लाभांश प्रस्ताव पारित गर्न भन्दै सोमबार दुई वाणिज्य बैंकसहित छ कम्पनीले साधारणसभा बोलाएका छन् । ती कम्पनीहरुले एक सूचना जारी गर्दै गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका हुन् ।

सूचना अनुसार कृषि विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते, सोमबार, १८ औँ वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७.५३ प्रतिशत नगद लाभांश तथा अविमोच्य असंचित अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १४ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

हिमालयन बैंक लिमिटेडले पुस २९ गते, सोमबार ३२ औँ साधारण सभा बोलाएको छ । उक्त सभा नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ ।

सभाले प्रिमियममा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेपश्चात प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सामाजिक उक्तदायित्व अन्तर्गत खर्च भएका रकमहरु अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस १७ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन सक्नेछन् ।

लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते, १७ औँ वार्षिक साधारण सभा बोलाएको हो । सा सभा अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १८ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

महालक्ष्मी विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते, २३ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा एलिश रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १४ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्रौँ वार्षिक साधारण सभा माघ ४ गते, शुक्रबार बोलाएको छ । उक्त सभा सिद्धार्थ होटल बाटर टावर, विदुर–४, बट्टार, नुवाकोटमा बिहान साढे ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.३९४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ५१ः४९ कायम गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले पुस १९ गते बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १८ गतेसम्म कारोबार कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन र लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

कालिञ्चोक दर्शन लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित पुस २९ गते, सोमबार, १० औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा बद्रीनाथ होटल, गौशाला, पिङ्गलास्थान काठमाडौँमा बिहान साढे ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ६० करोडको १ बराबर १ अनुपातमा ६० करोडमूल्य बराबरको ६० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीले बैंक ऋण चुक्ता गर्न, होटल निर्माण तथा इन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न हकप्रद शेयर निष्काशन गर्ने बताएको छ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १४ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन सक्नेछन् ।