Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकको लाभांश घोषणा

२०८१ पुष ४ गते

बैंकिङ खबर/कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको पुस ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर समेत गरी ७.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभाशं प्रदान गर्ने प्रस्ताव गरेको हो।

त्यस्तै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजिमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम प्रदान गर्ने निर्णय बैंकले गरेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।