Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

६८ लाख नगदसहित काठमाडौंबाट चार युवा पक्राउ

२०८१ पुष ३ गते

बैंकिङ खबर/काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शम्भुमार्गबाट प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । स्रोत नखुलेको ६८ लाख रुपैयाँ नगदसहित उनीहरूलाई प्रहरीले मंगलबार राति नियन्त्रणमा लिइएको हो ।

काठमाडौँ महानगर ३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगर १० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, वडा नं.७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका ७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापा बिर्तामोड नगरपालिका ५ का २७ वर्षीय युवराज सुवेदी पक्राउ परेका हुन् ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले प्रदेश३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई अवैध नगदसहित पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।