Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बेष्ट फाइनान्सको कामु प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

२०८१ पुष २ गते

बैंकिङ खबर/ बेष्ट फाइनान्स कम्पनी लिमिटेडको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् ।

फाइनान्सको सञ्चालक समितिको बैठकको निर्णय अनुसार श्रेष्ठलाई २०८१ पुस १ गतेबाट लागू हुने गरि कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

बैंकिङ क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव संगालेका श्रेष्ठ बेस्ट फाइनान्स आउनुअघि कावेली विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए भने हाल उनी फाइनान्सको सहायक महाप्रबन्धकको जिम्मेवारीमा थिए ।

फाइनान्सका सीईओ उमेशसिंह भण्डारीको कार्यकाल समाप्त भएपछि बोर्डले श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको जनाएको छ ।