Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

१०७ खर्ब बढी तरलता प्रशोचन

२०८१ पुष १ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आव २०८१/८२ को ४ महिनामा १०७ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ८ खर्ब ७ अर्ब ३० करोड र स्थायी निक्षेप सुविधामार्फत ९९ खर्ब ६८ अर्ब ६५ करोड गरी कुल १०७ खर्ब ७५ अर्ब ९५ करोड रूपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरुमार्फत खुद ५ खर्ब १४ अर्ब ११ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ९२ करोड खुद खरिद गरी २ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ७५ करोड खुद खरिद गरी २ खर्ब ३२ अर्ब ७७ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब २० करोड बिक्री गरी १६ खर्ब १ अर्ब ४८ करोड रूपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब २ करोड बिक्री गरी १ खर्ब ३५ अर्ब ५१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।