Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसूरः फरार प्रतिवादी पक्राउ

२०८१ मंसिर २९ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी अछामको साँफेबगर नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने २० वर्षीय आकाश कुँवरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौं बबरमहलको गत साउन २३ गतेको फैसलाले ४ लाख जरिवाना र १६ हजार रूपैयाँ क्षतिपूर्ति बापत पीडित राहतकोषमा जम्मा गराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौंको मैतीदेवीबाट पक्राउ गरेको छ । फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत ललितपुर पाटन पठाइएको छ ।