December 8th, 2024

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/बैंकिङ कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले काठमाडौँको मनमैजुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ घर भएर काठमाडौँको तार्केश्वर नगरपालिका बस्दै आएका लक्ष्य बहादुर मल्ल छन् ।

४३ वर्षीय मल्लविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । अपराध अनुसन्धान कार्यालयले उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा पठाएको छ ।