Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल एसबिआई बैंकको सीईओमा रामकुमार तिवारी

२०८१ मंसिर १९ गते

बैंकिङ खबर/ नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भारतीय स्टेट बैंकसँगको सेवा सम्झौता बमोजिम एसबीआईबाट नेपाल एसबिआई बैंकमा खटिई आएका बैंकका प्रबन्ध सञ्चालक तथा सीईओ दीपककुमार देका स्थानमा तिवारीलाई नियुक्त गर्ने निर्णय भएको जनाएको छ । तिवारीले आगामी माघ २ गतेदेखि सीईओको जिम्मेवारी सम्लाल्ने छन् ।

सीईओ दीपककुमार देलाई भने एसबीआईमा उच्च जिम्मेवारी सम्हाल्ने प्रयोजनका माघ २ गते नेपाल एसबिआई बैंकको कार्यभारबाट मुक्त गर्ने निर्णय भएको छ ।

रामकुमार तिवारी एसबिआई बैंकका महाप्रबन्धक हुन् । करिब १९ वर्षको बैंकिङ अनुभव भएका तिवारीले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटिबाट बैंकिङ एण्ड फाइनान्समा एमबीए गरेका छन् ।