बैंकिङ खबर/ ५५ करोड रुपैयाँबराबरको अनलाइन जुवा तथा सट्टेबाजीको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पाँचथरको मिक्लाजुङ–७ घर भई ललितपुर बस्ने ३७ वर्षीय सुनील राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
उनको ७५ वटा बैंक खाता र १२८ वटा इ–सेवा वालेट रहेको प्रहरीले जनाएको छ। विभिन्न व्यक्तिको नाममा बैंक खाता तथा इ-सेवा वालेट खोलेरसमेत उनले अवैध कारोबार गर्दै आएका थिए।
उनको मोबाइलमा बाइनान्स एपसमेत भेटिएको र त्यसमार्फत समेत ६ करोड २३ लाखबराबरको कारोबार देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीबाट ११ वटा नागरिकता, १५ वटा राहदानी र मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।