Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चेक बाउन्स मुद्दामा पक्राउ

२०८१ मंसिर ३ गते

बैंकिङ खबर/ चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भइ हाल काठमाडौं महानगरपालिका–४ बस्ने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंले विसं २०८० चैत २७ गते दुई वर्ष कैद र रु ३० लाख बिगो तथा रु ३० लाख जरिवाना सजाय हुने फैसला गरेपछि फरार रहेका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘लामालाई हामीले पक्राउ गरेका छौँ, सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने छ ।’ पक्राउ परेका लामा बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका तथा विसं २०७५ मा किसानको बुद्धचित्त लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।