बैंकिङ खबर/बुधबार बैंकिङ क्षेत्रका विभिन्न गतिविधिहरु भएका छन् । जसलाई हामीले एउटै पानामा समेट्ने जमर्को गरेका छौं । बुधबार बैंक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरेका छन् । समग्रमा, बैंक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
अधिक तरलता
केन्द्रीय बैंकले कात्तिक २८ गते फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तानेकाे छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट बुधबार फेरि पैसा खिचेकाे हाे । यसका लागि बुधबार दिउँसो २ बजे बोलकबोल गरेकाे गरिएकाे थियाे ।
मितेरी सहकारीको १४ करोड रुपैयाँ ठगी प्रकरणः सिआइबीले लियो धनराज गुरुङसँग बयान
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ। बुधबार सिआइबी कार्यालयमा बोलाएर ललितपुरको मितेरी सहकारीमा भएको अपचलनबारे बयान लिएको हो।
निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता
निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले हस्ताक्षर गरेका थिए ।
उक्त हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलिया लगायतका पदाधिकारी र जीवन विकासको नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
हिमालयन क्यापिटलको साधारणसभा सम्पन्न
हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा क्यापिटलको केन्द्रीय कार्यालय बागमती प्रदेश, कमलादी–२८, काठमाडौँमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभा मार्फत पारित गरिएको छ । साधारण सभामा संस्थाका संचालकहरुको पुर्ननियुक्ति सम्बन्धि प्रस्ताव पनि अनुमोदन गरेको छ ।
इन्फोडेभलपर्स प्रालि र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी
इन्फोडेभलपर्स प्रालि र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायिक सेवाका लाग समझदारी भएको छ । इन्फोडेभलपर्सलेको “कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक” (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
धितोपत्र ब्रोकर्सका दुई संस्थाबीच मर्जर
धितोपत्र बजारका ब्रोकर्स कम्पनीका दुई साझा संस्था आपसमा गाभिएका छन् । आज भएको एक कार्यक्रममार्फत दुई वटा संस्था मिलेर एउटै संस्था अस्तित्वमा राख्ने सम्झौता भएको हो । यससँगै, ३१ वर्ष लामो इतिहास बोकेको स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल सञ्चालनमा रहने भएको हो । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएन नेपालबीच एकीकरण भएर धितोपत्र दलालको एउटा मात्रै छाता संगठन बनाउने सहमती भएको दुई संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।