
बैंकिङ खबर/ समृद्धि फाइनान्सले आफ्नो २३ औं वार्षिकोत्सव उत्साहजनक साथ मनाएको छ । फाइनान्सले आर्थिक वृद्धिसँगै शारीरिक सुस्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्वास्थ्य नै धन’ भन्ने नाराका साथ काठमाडौंमा साइकल र्याली निकालेको थियो । कात्तिक २५ गते आयोजित र्यालीमा समृद्धि फाइनान्सका कर्मचारी र सञ्चालक समितिका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

साथै फाइनान्सका १३ वटै शाखाहरूमा कर्मचारीहरू र बचतकर्ताको उपस्थितीमा केक काटेर खुशी मनइयो। कार्यक्रमले संस्थाको २३ वर्षको सेवा वृद्धि, समुदाय र सरोकारवालाहरूको आर्थिक तथा व्यक्तिगत हितका लागि गरेको समर्पणलाई जोड दिएको थियो ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु नि:शूल्क प्रदान गरिरहेको छ ।




