Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हुण्डी कारोबारः भक्तपुरबाट एक जना पक्राउ

२०८१ कार्तिक २ गते

बैंकिङ खबर/ मध्यपुरथिमि नगरपालिका नगरपालिका-९ राधेराधेबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले रौतहटको गजुरा नगरपालिका-४ घर भई हाल काठमाडौँ महानगरपालिका-७ रातोपुल बस्ने ३७ वर्षीय शशिकान्त चौलागाईंलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौलागाईंको साथबाट स्रोत नखुलेको रु आठ लाख ५० हजार, विभिन्न बैंकको एटिएम र अन्य सामान बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।