Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपको १ करोड ७५ लाख सहयोग

२०८१ आश्विन २१ गते

बैंकिङ खबर/ प्रभु समूहअन्तर्गतका चार कम्पनीले गत असोज १०–१२ सम्मको अविरल वर्षापछिको झरीबाट गएको बाढीपहिरो तथा डुबानबाट प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँको सहयोग रकम उपलब्ध गराएका छन्।

बाढीपहिरो पीडितको खोजतलास, उद्धार र राहतमा सघाउने उद्देश्यले प्रभु समूहअन्र्तगतका प्रभु बैंक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्सबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले कोषमा जम्मा हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

प्रभु समूहअन्तर्गतका उल्लिखित संस्थाबाट प्रदान गरिएको सहयोगले बाढीपहिरो तथा डुबान पीडितको स्वास्थ्योपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा समूहको छ।