September 30th, 2024

सानिमा बैंकलाई आईएसओ प्रमाणपत्र

बैंकिङ खबर/सानिमा बैंकले आईएसओ २७००१ः०२२ प्रमाणपत्र प्राप्त गरेको छ। सूचना प्रविधि र सूचना प्रविधि सम्बन्धित बैंकका सेवा तथा सुरक्षित र भरपर्दो बैंकिङ आईसेवा आन्तरिक र बाह्य प्रयोगकर्तालाई उपलब्ध गराएकोले बैंकले उक्त प्रमाणपत्र पाएको हो।

बैंकले ग्राहकको डेटा सुरक्षा र आफ्नो प्रणालीलाई प्राथमिकता दिँदै आएको छ। अहिले पाएको प्रमाणपत्र हाल रहेको प्रमाणपत्रभन्दा माथिल्लो स्तरको हो। बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)को मूल्यांकनपछि पछिल्लो प्रमाणपत्र प्राप्त भएको बैंकले जनाएको छ।