Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

संविधान दिवसः बैंक, बीमा कम्पनी तथा शेयर बजार बन्द

२०८१ आश्विन ३ गते

बैंकिङ खबर/ आज संविधान दिवस । यो अवसरमा स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा भएर दस वर्ष प्रवेशको अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ । सरकारले भव्यताका साथ संविधान दिवस मनाउन र घरघरमा झण्डोत्तोलनसहित दिपावली गर्न पनि सबैलाई आग्रह गरेको छ

यसै अवसरमा आज सरकारी कार्यालय, बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा शेयर बजार समेत बन्द रहनेछन् । केही बैंकले भने निश्चित शाखाबाट सेवा दिने जनाएका छन् ।