बैंकिङ खबर/ समृद्धि फाइनान्सले संस्थाको मधुबन शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम वराहक्षेत्र-११, काफ्ले टोल का ४६ जना स्थानिय बासिन्दालाई सहकारी र फाइनान्स बिचको भिन्नता, बैन्किङ करोवारको महत्व सम्बन्धित वित्तीय साक्षरता दिएर सम्पन्न गरिएको हो ।
समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।