Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डिजिटल कारोबारलाई निःशुल्क बनाउने सरकारको तयारी

admin २०८१ भाद्र ३० गते
सेयर:

बैंकिङ खबर/सरकारले डिजिटल कारोबारलाई निःशुल्क बनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आज लेख्दै साना डिजिटल कारोबारमा लाग्ने शुल्कलाई व्यवस्थित र निःशुल्क बनाउने विषयमा सम्बन्धित अधिकारीसँग सरकार छलफलमा रहेको बताएका हुन् ।

एक जनाको समस्यालाई आफ्नो स्टाटसमा समेट्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं । जाजरकोटका अबिन बिके लेख्नुहुन्छ–अहिले म दैनिक रूपमा सय÷पचास रुपैयाँका कारोबार दिनमा ५/६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रूपमा ६०÷७० रुपैयाँ खर्च हुन्छ । यसरी महिनामा मेरो दुई हजारदेखि २२ सयसम्म खर्च हुन्छ, यो कसरी हटाउने होला?

सर्वसाधारणको उक्त समस्यालाई सरकारले आगामी दिनमा सम्बोधन गर्ने भन्दै प्रधानमन्त्रीले झकझकाइरहन पनि आग्रह पनि गरेका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।