Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एभरेष्ट बन्यो लाभांश घोषणा गर्ने पहिलो बैंक

२०८१ भाद्र २१ गते

बैंकिङ खबर/ एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई दिने प्रतिफल घोषणा गरेको छ। शुक्रबारको बैंक सञ्चालक समितिले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद गरी १५.५३ प्रतिशत लाभांश घोषणा गरेको हो।

घोषित लाभांश नियामक नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको साधारणसभाले पारित गरेपछि सेयरधनीको खातामा पठाइने बैंकले जनाएको छ। गत वर्षको नाफाबाट चालू वर्ष लाभांश घोषणा गर्ने एभरेष्ट पहिलो बैंक बनेको छ।