Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स क्यापिटलको अठारौँ वार्षिक साधारण सभा सम्पन्न

२०८१ भाद्र १७ गते


बैंकिङ खबर/ सिटिजन्स क्यापिटल लिमिटेडले अठारौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाको अठारौँ साधारण सभाले आ.व.२०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारितसँगै सभा सम्पन्न भएको हो ।

वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरूमा आ.व. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को लागि लेखा परीक्षण कार्य गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको नियमावली अनुसार गरिएको सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालकहरूको बैठक भत्ता परिमार्जन गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष श्री राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।