बैंकिङ खबर/महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग सम्झौता गरेको छ। सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
यसअनुसार कसमस रिट्रट्स प्रालिमा जन्मदिन, विवाह, व्रतवन्ध, वार्षिकोत्सव, पार्टी लगायतका उत्सवहरूको लागि केकको मूल्यमा १५ प्रतिशत, ३५ दिने बेकरी तथा पेस्ट्री तालिम शुल्कमा १० प्रतिशत र ३५ दिने फन्डक्ट तालिम शुल्कमा १० प्रतिशत छुट पाइनेछ।
त्यसैगरी वीरगन्जको श्रीराम हस्पिटल प्रा.लि.मा ओपीडी शुल्कमा ३० प्रतिशत, ल्याब शुल्कमा २० प्रतिशत, फार्मेसी, शल्यक्रिया तथा बेड शुल्कमा १० प्रतिशत, यूएसजी, एक्स–रे, ईसीजी, इको शुल्कमा १० प्रतिशत छुट पाइने र आमा सुरक्षा (सामान्य र सिजेरियन) शुल्क निःशुल्क हुनेछ।
यसबाहेक हेटौंडामा रहेको सीएमसी चुरे हस्पिटलमा कानुनी मामिला बाहेकका अस्पताल सुविधाहरूमा २० प्रतिशत र कानुनी मामिला बाहेकका फार्मेसी सुविधाहरूमा ७ प्रतिशत छुट पाइनेछ।
उता वीरगन्जकै होटल भिषूवा प्रा.लि.मा पेय पदार्थमा १० प्रतिशत, रेस्टुरेन्ट शुल्कमा १५ प्रतिशत, पौडी र स्पा शुल्कमा ३० प्रतिशत र आवास शुल्क २० प्रतिशत छुट पाइनेछ।
काठमाडौंको नयाँ बानेश्वरको शीतल चौतारी होटल मानेन्जमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रो प्रा.लिमा खाना तथा पेय पदार्थमा १४ प्रतिशत र हेटौंडाको अल्फा डेन्टलमा सबै किसिमका दन्त सुविधाहरूमा १५ प्रतिशत छुट पाइनेछ। यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।