Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकका ग्राहकलाई सिजी मोबाइलमा आकर्षक छुट

२०८१ भाद्र १७ गते


बैंकिङ खबर/ सानिमा बैंकले सिजी मोबाइल प्रालिसँग सहकार्य गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी मोबाइल प्रालिमा विशेष छुटको व्यवस्था गरेको हो ।

यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत सिजी मोबाइल प्रालिमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।

नथिङ तथा सीएमएफ ब्राण्डका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म तथा एयरबड तथा अन्य एक्सेसरीजको खरिद गर्दा ९ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी(इएमआई)सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ ।