बैंकिङ खबर/ माछापुच्छ्रे बैंक लिमिटेडले नजिकिँदो पर्वलाई लक्षित गर्दै कर्जा सुविधामा छुट दिने योजना ल्याएको छ। तीज, दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बैंकले यस्तो योजना ल्याएको हो।
यसअनुसार घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ तथा सोही ग्राहक गाडी कर्जा लिन इच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ।
साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्नसक्नेछन्। त्यस्तै बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ।
यसका साथै उल्लिखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ। माथि उल्लिखित अफरहरु भदौ ३१ सम्म लागू हुने बैंकले जनाएको छ। हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।