बैंकिङ खबर/ नेपालमा पनि ‘मास आईटी आउटेज’को समस्या देखिएको छ । विश्वका एयरलाइन्स, बैंक तथा अन्य विभिन्न सेवामा असर पुगिरहेका बेला नेपालमा पनि माइक्रोसफ्ट ब्राउजर प्रयोग गर्ने बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, भुक्तानी सेवा प्रदायकलगायतलाई शुक्रबार असर गरेको हो।
नेपालमा ब्राउज स्ट्राइक नामक एन्टिभाइरस प्रयोग गरिरहेका बैंक तथा वित्तीय संस्था र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)मा पनि समस्या देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । मास आईटी आउटेजका कारण विश्वका मुख्य बैंकहरु, मिडिया आउटलेट र हवाइ सेवाप्रदायकहरुको सेवा आईटी आउटेज अर्थात् प्राविधिक समस्याले प्रभावित भएको छ।
बीबीसीका अनुसार अस्ट्रेलिया, बेलायत र अमेरिकामा आउटेजको समस्या देखिएको थियो । अस्ट्रेलियामा उडानहरु नै रद्द गर्नुपरेको, सुपरमार्केटहरु बन्द गर्नुपरेको र सञ्चारमाध्यममा समेत अवरोध सिर्जना भएको थियो। अमेरिकी राज्य अलास्काले आफ्ना आकस्मिक सेवा आईटी आउटेजले प्रभावित भएको छ।