बैंकिङ खबर/बागमती प्रदेश सरकारले सहुलियतपूर्ण कर्जा प्रवाहका लागि १ अर्ब ५० करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले व्यवसायिक उत्पादन वृद्धि तथा थप रोजगारी सिर्जनाको उद्देश्य अनुरुप गरिएको सहुलियतपूर्ण ऋण प्रवाह कार्यक्रमलाई निरन्तरता दिनको लागि १ अर्ब ५० करोड छुट्याएको बताए ।
यस कार्यक्रको प्रभावकारिता अध्ययन गरी कार्यान्वयन कार्यविधिलाई थप वैज्ञानिक बनाइने उल्लेख छ । वित्तीय साक्षरता र वित्तीय पहुँच अभिवृद्धि गर्न संघीय सरकार र स्थानीय तह वित्तीय संस्थासँगको सहकार्यमा आवश्यक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।