May 12th, 2024

बैंकवित्तमाथि बढ्दो आक्रमण : तीन दिनमा तीन शाखामा तोडफोड

बैंकिङ खबर/ पछिल्लो समय बैंकवित्तमाथि तोडफोडको घटना बढ्न थालेको छ । पोखरामा रहेको एभरेस्ट बैंक तोडफोड भएको छ । कास्की प्रहरीका अनुसार राती अपरिचित व्यक्तिहरुले बैंकको सिसा फुटाएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । ’अहिलेसम्म सिसा फुटाएको भन्ने छ । राती स्कुटरबाट आएर फुटाएको प्रारम्भिक बुझाइ छ,’ उनले भने ।

बैदाम प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले फुटेज हेर्ने काम भइरहेको बताए । ’कुन मनसायले यस्तो भयो भन्ने बुझ्दैछौं,’ उनले भने, ’रिसिइवी पनि हुन सक्छ । सिसा फुटाए पनि लुटपाट चाहिँ भएको छैन ।’

यसअघि दुई दिन अघि मात्रै मेडीकल व्यवसायी दुर्गा प्रसाईं निकट युवाहरुले दुई बैंकमा तोडफोड गरेका थिए । बिहीबार प्रसाईँको समर्थकले एभरेष्ट बैंक र ज्योति विकास बैंकको शाखा कार्यालय तोडफोड गरेका थिए ।

मंगलबार प्रसाईंको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा ¥याली आयोजना गरिएको थियो । उक्त अभियानको युवा संगठन ‘नागरिक युवा दस्ता’ ले  र्‍याली निकालेको थियो ।  र्‍यालीमा सहभागि १२÷१५ जनाको समूहले दुई बैंकका कार्यालय तोडफोड गरेका थिए । तोडफोडमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । बैंकको सिसाहरू फुटाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।