
बैंकिङ खबर/ प्रतिनिधिसभा बिहीबारको बैठकमा ब्याजदरलाई एकल अंकमा झार्नुपर्ने माग गरिएको छ । सांसद मेटमणि चौधरीले ब्याजदरलाई एकल अंकमा झार्न माग गरे ।
उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ३ खबर ७२ करोड लगानीयोग्य रकम रहेको र साउन महिनामा २० अरबले कर्जा घटेको बताए । अर्थतन्त्र चलायमान हुन नसकेको र सिथिल अर्थतन्त्रका कारण कर्जाको माग घटेको उनले बताए ।
उनले भने,’नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने कुरामा सरकारको ध्यान जानुपर्छ । अर्थतन्त्रको बाहिरी सूचांकमा देखिएको सुधार घट्दो व्याजदर र प्रयाप्त तरलता लगायत आर्थिक वर्षको सुरुवातदेखि नै कर्जाको माग बढ्ने अपेक्षा गरिएको थियो । तर अनुमान गरेजस्तो कर्जाको माग बढेन । उल्टो घट्यो । के यहि तरिकाले नेपाली अर्थतन्त्र चलायमान हुन सक्छ ? , त्यसैले व्याजदर पनि एक कारण हो र ब्याजदरलाई एक अंकमा झार्नुपर्छ ।’
राष्ट बैंकको ऋण प्रवाहको कसिलो नीतिलाई खुकुलो बनाउनल पनि उनले माग गरे । बजारमा रहेको डिमाण्ड र सप्लाइलाई वृद्धि गर्न र वित्तीय नीति र मौद्रिक नीतिको बीचमा समन्वय गरी प्रभावकारी बनाउन उनले माग गरे ।



