Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक तथा सहकारीमा खाता खोल्न प्यान नम्बर अनिवार्य

२०८० जेष्ठ १५ गते

बैंकिङ खबर/बैंक तथा सहकारीमा खाता खोल्न प्यान नम्बर अनिवार्य हुने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षबाट यस्तो व्यवस्था भएको बताएका हुन् ।

उनले आगामी आवदेखि कुनै पनि बैंक खाता खोल्न वा सहकारीमा खाता खोल्न प्यान नम्बर (स्थाई लेखा नम्बर) अनिवार्य हुने बताएका हुन् । त्यस्तै, स्थायी लेखा नम्बरलाई परिचयपत्रसँग पनि आवद्धता गरिने बजेटमा उल्लेख गरिएको छ ।