Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुमा एकै दिन थपियो ५ अर्ब रुपैयाँ

२०७९ फाल्गुन ११ गते

बैंकिङ खबर/पछिल्लो एक दिनमा वाणिज्य बैंकहरुमा ५ अर्ब निक्षेप थपिएको छ । वाणिज्य बैंकहरुमा ९ गतेसम्म ४७ खर्ब ४२ अर्ब रुपैयाँ रहेकोमा फागुन १० गते आइपुग्दा ५ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । वाणिज्य बैंकहरुमा ५ अर्ब रुपैयाँ थपिएसँगै ४७ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप थपिए पनि व्यवसाय भने घटेको छ । वाणिज्य बैंकको व्यवसाय १ अर्बले घटेको हो ।

फागुन ९ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा १ अर्बले घटेर ४२ खर्ब ७८ अर्ब रुपैयाँमा सीमित भएको छ । त्यसैगरी कर्जा निक्षेप अनुपात (सीडी रेसियो) समेत सुधार आएको छ। वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८६.१७ प्रतिशत छ । वाणिज्य बैंकको निक्षेप बढेर कर्जा प्रवाह घट्दा सीडी रेसियोमा सुधार आएको छ । यता अन्तर बैंक सापटीको व्याजदर समेत घटेको छ। अघिल्लो दिन साढे ८ प्रतिशत पुगेको सापटी दर फागुन १० गतेसम्म आइपुग्दा ७ प्रतिशतमा आइपुगेको छ ।