Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक ब्याजदरबाट उत्पन्न समस्या तत्काल हल गर्न आवश्यकः राष्ट्रपति

२०७९ माघ २७ गते

बैंकिङ खबर/राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकको ब्याजदर वृद्धिबाट उत्पन्न समस्या हल गर्नका लागि तत्काल कदम चाल्नुपर्ने बताएकी छिन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले भनिन्,‘वित्त नीति र मौद्रिक नीतिको सामाञ्जस्यपूर्ण कार्यान्वयनबाट मात्रै आर्थिक सुधार हुन्छ। तरलता अभावमा ब्याजदर बढेकाले उद्योगी मात्रै होइन, आमजनलाई समेत असर पारेको छ।’

देशको आर्थिक अवस्था जटिल मोडमा रहेको उल्लेख गर्दै दीर्घकालीन समस्याको समाधान खोज्नु जरुरी रहेको बताएकी छिन्। यथेस्ट स्रोतको अभाव, कमजोर आर्थिक वृद्धिदर, बढ्दो मुद्रास्फिति र आर्थिक घाटाका विषयमा गम्भीर बन्नुपर्ने बताएकी छिन्।