Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ग्लोबल आइएमइ बैंक र बिओकेलाई मर्जरको लागि अन्तिम स्वीकृति, नाम परिवर्तन

२०७९ पुष १७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंकको पुस १५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले दुई बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो।

राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गर्दै मर्जरपछि बन्ने बैंकको नाम परिवर्तन गर्न निर्देशन दिएको छ । दुवै बैंकको साधारणसभाले मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड कायम हुने गरि प्रस्ताव पारित गरेको थियो । तर राष्ट्र बैंकले भने ग्लोबल आईएमई बैंक लिमिटेड मात्र राख्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि बैंकलाई एकिकृत कारोबारको बाटो खुल्ने छ । दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । दुवै बैंक १ः१ को अनुपातमा मर्ज हुन लागेका हुन् ।