Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जा विस्तार सुस्त

२०७९ पुष १४ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाको लगानी निराशाजनक देखिएको छ । वाणिज्य बैंकहरुले पछिल्लो एक हप्तामा जम्मा ८० करोड रुपैयाँ मात्रै लगानी गरेका हुन् । सोही एक हप्तामा २६ वटा वाणिज्य बैंकहरुले २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।

नेपाल बैंकर्स संघका अनुसार बैंकहरुमा निक्षेप थपिने क्रम बढेको भए पनि कर्जा विस्तार हुनसकेको छैन । पुस ८ गतेसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप ४६ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी सो अवधिसम्ममा कर्जा लगानी ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकहरुले मंसिर महिनामा मात्रै ५७ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए। मंसिर महिनामा पनि बैंकहरुले २ अर्ब २ करोड रुपैयाँ मात्र लगानी गरेको संघले जनाएको छ। मंसिर महिनामा औसत कर्जा निक्षेप अनुपात ८६ दशमलव ४ प्रतिशत रहेकोमा पुसको पहिलो सातामा झनै घटेर ८६ दशमलव ०६ प्रतिशतमा पुगेको संघले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ।

उच्च ब्याजदरका कारण कर्जाको माग नहुनु तथा रेमिट्यान्स आप्रवाहमा आएको सुधारले निक्षेपमा सुधार बढोत्तरी आएको हो। यता निक्षेप वृद्धिचाहिँ धेरै भएको छ। एक हप्ता अवधिमै २० अर्ब २६ वटा वाणिज्य बैंकमा थपिएको छ। पुस १ गतेसम्म ४६ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप रहकोमा ८ गतेसम्म आइपुग्दा ४६ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।