
बैंकिङ खबर/कुमारी र एनसीसी बैंकको विशेष साधारणसभाले एकआपसमा मर्ज गर्ने सम्झौता पारित गरेका छन् । दुवै बैंकको आइतबारको विशेष साधारणसभाले मर्जर सम्झौता पारित गरेका हुन् । आइतबार कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जवरा राणाको अध्यक्षतामा बसेको साधारणसभा र एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा छुट्टाछुट्टै भएको साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेका हुन् । यस्तै, बैंकहरुले १ः१ को डीडीए पनि पारित गरेका छन् ।
यी दुवै बैंक मर्जर भएपश्चात् चुक्ता पूँजी २६ अर्वभन्दा बढी हुनेछ भने शाखा संख्या ३५५, एटीएम संख्या २४४, एक्स्टेन्सन काउन्टर ५१ वटा हुने बताइएको छ । बैंकको निक्षेप ३ खर्व १ अर्व भन्दा बढी र कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ । दुवै बैंकले पुसको १७ गतेभित्रै एकीकृत कारोबार गर्ने गरी काम गरिरहेका छन् ।




