Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१५ वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति ?(सूचीसहित)

२०७९ मंसिर २४ गते

बैंकिङ खबर/ हाल सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुमध्ये १५ वटाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । कम्पनीले नगद र सेयर गरी दुई किसिमका लाभांश लगानीकर्तालाई दिने गर्छन् । यसपटक धेरै कम्पनीले नगद लाभांशलाई प्राथमिकता दिएका छन् ।

लाभांश घोषणा गरेकामध्ये १० बैंकहरु एभरेस्ट, ग्लोबल आईएमई, स्टान्डर्ड चार्टर्ड, मेगा, इन्भेस्टेन्ट, कुमारी, बीओके, सिटिजन्स, एनसीसी र सानिमाको बुक क्लोज भइसकेको छ । यसको अर्थ बुक क्लोज भएका यी बैंकको सेयर अब खरिद गर्नेले यो वर्ष लाभांश पाउने छैनन् ।

प्रभु बैंकले आगामी मंगलबारका लागि बुक क्लोजको मिति तय गरेको छ भने सेन्चुरीले आगामी शुक्रबार बुक क्लोजको मिति तय गरेको छ । बाँकी ३ बैंक सिद्धार्थ, एनएमबी र एसबीआईले बुक क्लोजको मिति तय गरिसकेका छैनन् ।

११ वाणिज्य बैंकले भने लाभांश घोषणा गर्न बाँकी छ । लाभांश घोषणा गर्न बाँकी रहेका बैंकमा नबिल, प्राइम, माछापुच्छ्रे, एनआईसी एसिया, कृषि विकास, राष्ट्रिय वाणिज्य, नेपाल, हिमालयन, लक्ष्मी, सनराइज र सिभिल बैंक छन् ।

कुनको कति ?

बैंक

नगद

सेयर लाभांश

कुल

एभरेस्ट

७.६८

१३

२०.६८

स्टान्डर्ड चार्टड

१६.५१

१६.५१

एनसीसी

७.६३

३.३६

११

ग्लोबल आईएमई

१०.६

१३.६

सानिमा

०.९८

१०

१०.९८

बीओके

१४.९५

२०.९५

सिटिजन्स

कुमारी

१२.५

१२.५

सिद्धार्थ

०.६६

१२.५

१३.१६

एनएमबी

८.२५

८.२५

सेन्चुरी

०.२५

४.७५

नेपाल एसबीआई

७.५३

१०.५३

प्रभु

१.५

६.५

मेगा

३.७९

७.७९

इन्भेस्टमेन्ट

११