Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विकास बैंक र फाइनान्सको ब्याजदर घट्ने

२०७९ कार्तिक २९ गते

बैंकिङ खबर/ विकास बैंक र वित्त कम्पनील ब्याजदर घटाउने भएका छन् । मंगलबार बसेको बैठकले ०.१५ प्रतिशत बिन्दुले ब्याजदर घटाउने निर्णय गरेको डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युमन पाख्रेलले बताउनुभयो । निक्षेपको सबै प्रोडक्टमा ०.१५ प्रतिशत बिन्दुका दरले ब्याजदर घटाउने निर्णय भएको छ ।

असोजदेखि राष्ट्रिय स्तरका विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशत र बचतमा न्यूनतम ८ प्रतिशत ब्याज दिंदै आएका थिए । तर, अब १ मंसिरदेखि लागु हुने निक्षेपको ब्याजदर प्रकाशित गर्दा व्यक्तिगत मुद्दतीमा अधिकम १२.८५ प्रतिशत र बचतमा न्यूनतम ७.८५ र अधिकतम ९.८५ प्रतिशत ब्याजदर दिने उहाँले बताउनुभयो ।

वित्त कम्पनीहरुले पनि हाल ३ महिनाको मुद्दती निक्षेपमा १३.२० प्रतिशत ब्याजदर दिंदै आएकोमा १ मंसिरदेखि १३ प्रतिशतमा झार्ने निर्णय गरेको नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताउनुभयो ।

यस्तै १ वर्षको मुद्दती निक्षेपमा १३.४५ प्रतिशत रहेको ब्याजदर १ मंसिरदेखि १३.३० प्रतिशतमा झार्ने निर्णय भएको छ । बचतमा पनि अब न्युनतम ८.३० प्रतिशत ब्याजदर कायम हुने अध्यक्ष तुलाधरले बताउनुभयो । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेका छन् । बैंकर्स संघको बैंठकले उक्त निर्णय गरेको हो ।