Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ बैंकहरुको मर्जरसम्बन्धी विनियमावलीको पाँचौँ संशोधन(पूर्णपाठ)

२०७९ आश्विन २८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था आपसमा मर्जर र एक्विजिसनसम्बन्धी विनियमावलीमा पाँचौँ संशोधन गरी जारी गरेको छ। केन्द्रीय बैंकले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३’मा पाँचौँ संशोधन गर्दै जारी गरेको हो।

राष्ट्र बैंकले यसअघिको चौथो संशोधनका केही दफामा हेरफेर गर्दै पाँचौँ संशोधन गरी विनियमावली जारी गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी पाँचौँ संशोधन गरेको राष्ट्र बैंकले जनाएको छ। अब नयाँ संशोधित विनियमावलीबमोजिम गर्न गराउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।