Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एक महिनामा वाणिज्य बैंकहरुको नाफा पौने ९ अर्ब

२०७९ भाद्र २८ गते

बैंकिङ खबर/आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउनमा वाणिज्य बैंकहरुले पौने ९ अर्ब रुपैयाँ नाफा गरेका छन् । राष्ट्र बैंकलाई बैंकहरुले गरेको रिपोर्टिङ अनुसार साउन महिनामा २६ वटा वाणिज्य बैंकहरुले ८ अर्ब ७२ करोड १७ लाख १६ हजार रुपैयाँ नाफा गरेका हुन् ।

सबैभन्दा धेरै नाफा गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकले एक महिना अवधिमा ७५ करोड २१ लख रुपैयाँ नाफा कमाएको छ।ग्लोबल आइएमई बैंकले ६७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नबिल बैंकले ४९ करोड ७२ लाख, एनआईसी एशिया बैंकले ४७ करोड ६३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड १ लाख, प्राइम बैंकले ३९ करोड ५४ लाख, प्रभु बैंक ३७ करोड ६१ लख, सिद्धार्थ बैंकले ३७ करोड ५७ लाख, एनएमबि बैंकले ३६ करोड ७ लाख, एभरेष्ट बैंक ३५ करोड ९५ लाख, नेपाल बैंक ३५ करोड ७५ लाख र हिमालयन बैंकले ३१ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कुमारी बैंकले २९ करोड २७ लाख, सानिमा बैंकले २८ करोड ६० लाख, स्ट्याण्डर्ड चार्टड बैंकले २७ करोड ९० लाख, मेगा बैंकले २७ करोड ८६ लाख, एनसीसी बैंकले २६ करोड ९२ लाख, कृषि विकास बैंकले २६ करोड ८२ लाख, माछापुच्छ्रे बैंकले २५ करोड ४२ लाख रुपैयाँ नाफा, सिटिजन्स बैंक बैंकले २४ करोड ९४ लाख, सनराइज बैंकले २४ करोड ३५ लाख, लक्ष्मी बैंकले २३ करोड ४७ लाख, नेपाल एसबिआई बैंकले १९ करोड ५१ लाख, सिभिल बैंकले १७ करोड ७७ लाख र सेञ्चुरी बैंकले १७ करोड ३६ लाख रुपैयाँ र बैंक अफ काठमाण्डू १६ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ।