September 8th, 2022

बैंकहरुको आवश्यकता र महत्व

रबि काफ्ले

बैंक यस्तो वित्तीय संस्था हो, जहाँ मानिसहरुले आफ्ना धनराशी जम्मा गर्ने गर्दछन् तथा आवश्यक पर्दा ऋणको रुपमा चल अचल पूँजी निकाल्न सक्दछन् ।

आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकबाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । जनताले आफूले बैंकमा जम्मा गरेको धनराशी पुर्व निर्धारित बैंकिङ नियम पुरा गरि निकाल्न र पुन: राख्न पनि सक्छन् । कसैलाइ कर्जा आवश्यक परेको खण्डमा आवश्यक प्रक्रिया पुरा गरी ऋण लिन सक्दछन् ।

विशेषत: मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचलित कानुन बमोजिम संगठित संस्थालाई बैंक भनिन्छ । प्रयोगात्मक नेपाली शब्दकोश २०६१ मा चाहेको बेला झिक्न पाउने गरी राखिदिने ब्याजमा ऋण दिने आदि आर्थिक कारोबार गर्ने संस्थालाइ बैंक भनिएको छ ।

किन आवश्यक छ बैंक ?

  • आर्थिक शोषणबाट जनतालाई मुक्ति दिलाउन
  • उद्यागधन्दा एवम् व्यापारको विकास गर्न
  • आर्थिक विकास गर्न
  • बहुमुल्य बस्तु एवम् धनको सुरक्षा प्रदान गर्न
  • कोषको स्थानान्तरण गर्न
  • रोजगार एवम् सीपमुलक व्यवसायको सिर्जना गर्न
  • बचत गर्ने बानीको विकास गर्न
  • अर्थव्यवस्थाको मौद्रिकीकरण गर्न
  • कृषि एवम् पिछडिएको क्षेत्रको विकास गर्न
  • समग्र रुपमा आर्थिक सन्तुलन कायम गर्न
  • विदेशी मुद्राको विनियम एवम् नियन्त्रण गर्न
  • मुद्राको व्यवस्थापन एवम् कर्जामा नियन्त्रण र मुल्यमा स्थिरता कायम गर्न
  • वर्ग अनुसारका बैंकहरुको काम, कर्तव्य र अधिकारहरु

“क” वर्गका बैंकको काम, कर्तव्य र अधिकारहरु

  • ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुत्तानी दिने ।
  • राष्ट्र बैंकले तोकेबमोजिम कर्जा दिने ।
  • प्रचलित कानुनको अधिनमा रही विदेशी विनिमय कारोबार गर्ने ।
  • हायर पर्चेज, हाउजिङ, हाइपोथिकेशन, लिजिङ तथा सेवा व्यवसायको लागि कर्जा दिने ।
  • राष्ट्र बैंकको निर्देशनको अधिनमा रही मर्चेन्ट बैंकिङ कारोबार गर्ने ।
  • अन्य इजाजतपत्र प्राप्त सस्थासँग मिली सहवित्तियकरणको आधारमा धितो विभाजन गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रुपमा कर्जा दिने दिलाउने व्यवस्था गर्ने ।
  • आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसँग आवश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पति धितो बन्धक लिने वा तेस्रो व्यक्तिको जेथा जमानत लिने ।
  • स्वदेशी वा विदेशी बैंक वा वित्तिय संस्थाको जमानतमा कर्जा दिने ।
  • प्रतितपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीद बिक्री गर्ने ।
  • राष्ट्र बैंकको निर्देशनको अधिनमा रही टेलिफोन, टेलेक्स, फ्याक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा अन्य त्यस्तै प्रकारका विद्युती उपकरण वा साधनको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने, रकमान्तरण गर्ने ।
  • राष्ट्र बैंकको निर्देशनको अधिनमा रही क्रेडिटकार्ड, डेबिटकार्ड, चार्जकार्ड लगायत अन्य वित्तिय उपकरणहरु जारी गर्ने, स्वीकार गर्ने र सो सम्बन्धी कार्य गर्ने एजेण्ट नियुक्त गर्ने
  • एटिएम र क्यास डिस्पेन्सिङ मेशिनको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने र कर्जा दिने ।
  • आफुले पत्याएको व्यक्तिलाइ अधिविकर्ष कर्जा दिने ।
  • आफुकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पतिको मूल्यले खामेसम्मको रकम पुनः एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धितोमा रहिसकेको चल अचल सम्पतिको पुन धितोमा त्यसको मुल्यले खामेसम्मको रकम पुनः एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
  • राष्ट्र बैंकले तोकेको शर्तमा राष्ट्र बैंकको एजेण्ट भइ नेपाल सरकारको तर्फबाट सरकारी कारोबार लगायत अन्य कारोबार गर्ने ।
  • नेपाल राज्यभित्रमा वा विदेशमा विनिमयपत्र, चेक वा अन्य वित्तिय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, सुन, चाँदी, शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरिदबिक्री गरिदिने, शेयरको लाभांश तथा प्रतिज्ञापत्र, डिबेन्चर, बण्ड आदिको ब्याज असुलउपर गर्ने ।
  • ग्राहकको निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरिदबिक्री गरिदिने, शेयरको लाभांश, डिबेन्चर वा सुरक्षणको ब्याज उठाइ दिने र सो को लाभांश, मुनाफा वा ब्याज नेपाल राज्यभित्र वा विदेशमा समेत पठाउने ।
  • नेपाल सरकार वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र खरिदबिक्री गर्ने वा सकार गर्ने ।
  • सेफ डिपोजिट भल्टको व्यवस्था गर्ने ।
  • राष्ट्र बैंकले तोकिदिएको शर्तमा वासलात बाहिरको काम गर्ने ।
  • विपन्न वर्ग, न्युन आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागी व्यक्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोकेबमोजिमको रकमसम्म कर्जा दिने ।
  • आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्था बीच लिनेदिने ।
  • अन्य कुनै इजाजतपत्र प्राप्त संस्थाबाट आफ्नो ग्राहकलाइ कर्जा उपलब्ध गराउन जमानी गर्ने ।
  • राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रही शेयर, डिबेन्चर, बण्ड, ऋणपत्र, बचतपत्र वा अन्य वित्तिय उपकरणको माध्यमबाट पँुजी परिचालन गर्ने ।
  • आवश्यकता अनुसार राष्ट्र बैंकबाट पुनकर्जा लिने वा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिनेदिने ।
  • परियोजना स्थापना, सञ्चालन र मुल्याङ्कन सम्बन्धी अध्ययन, अनुगमन, सर्वेक्षण गर्ने गराउने तथा तालिम, परामर्श र अन्य जानकारी उपलब्ध गराउने ।
  • परियोजनाको प्रबर्धनका लागी नेपाल सरकार वा अन्य स्वदेशी वा विदेशी निकायबाट प्राप्त भएको रकम कर्जाको रुपमा प्रवाह गर्ने वा कर्जाको व्यवस्थापन गर्ने ।
  • कुनै व्यक्ति वा संस्थालाइ कर्जा दिदा वा निजसँग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागि आवश्यक शर्त गराउने ।
  • आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने ।
  • समितिले बनाएको विनियमको अधिनमा रही कर्जा अपलेखन गर्ने ।
  • आफ्नो जायजेथाको उचित प्रबन्ध वा बिक्री गर्ने ।
  • राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने ।                                                                                                                                            

“ख” वर्गका बैंकको काम,कर्तव्य र अधिकारहरु

  • राष्ट्र बैंकले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने ।
  • हाइपोथिकेशन कर्जा बाहेक अन्य कर्जा दिने ।
  • प्रचलित कानुन तथा राष्ट्र बैंकको अधिनमा रही विदेशी विनिमय कारोबार गर्ने ।
  • अन्य इजाजतपत्र प्राप्त सस्थासँग मिली सहवित्तियकरणको आधारमा धितो विभाजन गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रुपमा कर्जा दिने दिलाउने व्यवस्था गर्ने ।
  • आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसँग आवश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पति धितो बन्धक लिने वा तस्रो व्यक्तिको जेथा जमानत लिने ।
  • एटिएम र क्यास डिस्पेन्सिङ मेशिनको माध्यमबाट निक्षेप लिने, भुत्तानी दिने र कर्जा दिने ।
  • प्रतितपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरिद बिक्री गर्ने ।
  • राष्ट्र बैंकको निर्देशनको अधिनमा रही टेलिफोन, टेलेक्स, फ्याक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा अन्य त्यस्तै प्रकारका विद्युतीय उपकरण वा साधनको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने, रकमान्तरण गर्ने ।
  • आफुले पत्याएको व्यक्तिलाई अधिविकर्ष कर्जा दिने ।
  • आफुकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पतिको मूल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धितोमा रहिसकेको चल अचल सम्पतिको पुन धितोमा त्यसको मुल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
  • राष्ट्र बैंकले तोकेको शर्तको अधिनमा रही प्रतितपत्र निष्काशन तथा स्वीकार गर्ने ।
  • नेपाल राज्यभित्रमा वा विदेशमा विनिमयपत्र, चेक वा अन्य वित्तिय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, सुन, चाँदी, शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने, शेयरको लाभांश तथा प्रतिज्ञापत्र, डिबेन्चर, बण्ड आदिको ब्याज असुलउपर गर्ने ।
  • ग्राहकको निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरिदबिक्री गरिदिने, शेयरको लाभांश, डिबेन्चर वा सुरक्षणको ब्याज उठाइ दिने र सो को लाभांश, मुनाफा वा ब्याज उठाइ दिने ।
  • नेपाल सरकार वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र खरिदबिक्री गर्ने वा सकार गर्ने ।
  • सेफ डिपोजिट भल्टको व्यवस्था गर्ने ।
  • राष्ट्र बैंकले तोकिदिएको शर्तमा वासलात बाहिरको काम गर्ने ।
  • विपन्न वर्ग, न्युन आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागी व्यक्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोकेबमोजिमको रकमसम्म कर्जा दिने ।
  • आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थाबीच लिनेदिने ।
  • अन्य कुनै इजाजतपत्र प्राप्त संस्थाबाट आफ्नो ग्राहकलाइ कर्जा उपलब्ध गराउन जमानी गर्ने ।
  • राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रही शेयर, डिबेन्चर, बण्ड, ऋणपत्र, बचतपत्र वा अन्य वित्तीय उपकरणको माध्यमबाट पँुजी परिचालन गर्ने ।
  • आवश्यकता अनुसार राष्ट्र बैंकबाट पुनकर्जा लिने वा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिनेदिने ।
  • परियोजना स्थापना, सञ्चालन र मुल्याङ्कन सम्बन्धी अध्ययन, अनुगमन, सर्वेक्षण गर्ने गराउने तथा तालिम, परामर्श र अन्य जानकारी उपलब्ध गराउने ।
  • परियोजनाको प्रबर्धनका लागी नेपाल सरकार वा अन्य स्वदेशी वा विदेशी निकायबाट प्राप्त भएको रकम कर्जाको रुपमा प्रवाह गर्ने वा कर्जाको व्यवस्थापन गर्ने ।
  • कुनै व्यक्ति वा संस्थालाइ कर्जा दिदा वा निजसँग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागी आवश्यक शर्त गराउने ।
  • आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने ।
  • कुनैपनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाइ सवारी साधन मेशिन औजार उपकरण घरायसी टिकाउ सामान वा त्यस्तै अन्य चल सम्पतिको लागी किस्ताबन्दी वा हायर पर्चेज कर्जा उपलब्ध गराउने ।
  • जग्गा विकास समितिले बनाएको विनियमको अधिनमा रही कर्जा अपलेखन गर्ने ।
  • आफ्नो जायजेथाको उचित प्रबन्ध वा बिक्री गर्ने ।
  • राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने ।
  • “ग“ वर्गका बैंकको काम, कर्तव्य र अधिकारहरु
    राष्ट्र बैंकले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने ।
  • हाइपोथिकेशन कर्जा बाहेक अन्य कर्जा दिने ।
  • मर्चेन्ट बैंकिङ कारोबार गर्ने ।
  • अन्य इजाजतपत्र प्राप्त सस्थासँग मिली सहवित्तीयकरणको आधारमा धितो विभाजन गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रुपमा कर्जा दिने दिलाउने व्यवस्था गर्ने ।
  • बैंक वा वित्तिय संस्थाको जमानतमा कर्जा दिने ।
  • आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने ।
  • आफुकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पतिको मूल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धितोमा रहिसकेको चल अचल सम्पतिको पुनःधितोमा त्यसको मुल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
  • आफ्नो जायजेथाको उचित प्रबन्ध गर्ने, बिक्री गर्ने वा बहालमा दिने ।
  • प्रतितपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरिद बिक्री गर्ने ।
  • भारतीय रुपैया खरिद बिक्री गर्ने ।
  • विपन्न वर्ग, न्युन आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागी व्यक्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोकेबमोजिमको रकमसम्म कर्जा दिने ।
  • आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थाबीच लिनेदिने ।
  • कुनै व्यक्ति वा संस्थालाइ कर्जा दिदा वा निजसँग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागी आवश्यक शर्त गराउने ।
    कुनैपनि व्यक्ति फर्म कम्पनी वा संस्थालाइ सवारी साधन मेशिन औजार उपकरण घरायसी टिकाउ समान वा त्यस्तै अन्य चल
  • सम्पतिको लागी किस्ताबन्दी वा हायर पर्चेज कर्जा उपलब्ध गराउने ।
  • जग्गा विकास ग्राहकको निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरिदबिक्री गरिदिने, शेयरको लाभांश, डिबेन्चर वा सुरक्षणको ब्याज उठाइ दिने र सो को लाभांश, मुनाफा वा ब्याज उठाइ दिने ।
  • आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसँग आवश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पति धितो बन्धक लिने वा तेस्रो व्यक्तिको जेथा जमानत लिने ।
  • राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने ।

“घ” वर्गका बैंकको काम,कर्तव्य र अधिकारहरु

  • राष्ट्र बैंकले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने ।
  • तोकिएबमोजिम कर्जा प्रदान गर्ने ।
  • राष्ट्र बैंकले तोकिदिएको अवधिसम्म नियमित बचत गरी तोकेको बचत कायम राखेका समुह वा समुहका सदस्यलाइ लघु व्यवसाय सञ्चालन गर्न कुनै चल अचल सम्पति सुरक्षण वा जमानत लिई वा नलिई लघु कर्जा दिने ।
  • इजाजतपत्र प्राप्त संस्था वा स्वदेशी तथा विदेशी संघसंस्था आदिबाट ऋण वा अनुदान प्राप्त गर्ने र त्यस्तो ऋण वा अनुदान लघुु कर्जा वितरणमा वा सो कार्यलाइ प्रभावकारी बनाउने कार्यमा प्रयोग गर्ने । कुनै संघसंस्था आदिबाट ऋण वा अनुदान लिनु अघि राष्ट्र बैंकको स्वीकृति आवश्यक छ ।
  • लघुकर्जा उपलब्ध गराउनु अगाडि जुन कार्यको लागि कर्जा माग भएको हो सो को मुल्याङ्कन र सम्भाव्यता पहिचान गर्नु पर्दछ ।
  • न्युन आय भएका व्यक्तिको आर्थिक स्थितीमा सुधार हुने खालका लघु व्यवसाय गर्ने ।
  • लघु व्यव्साय सम्बन्धमा गोष्ठी सञ्चालन गर्ने, परियोजना तर्जुमा प्रशिक्षण दिने, सहयोग गर्ने, प्राविधिक ज्ञान दिलाउने र आवश्यकताअनुसार प्राविधिक सहयोग जुटाउने ।
  • लघु कर्जा परिचालन सम्बन्धमा समुहलाइ आवश्यक सेवा प्रदान गर्ने ।
  • लघुकर्जा समयमा असुल उपर गर्नेतर्फ आवश्यक कारबाही गर्ने ।
  • लघुकर्जाको उचित उपयोग भए नभएको सम्बन्धमा अनुगमन गर्ने र उचित प्रयोग नदेखिएमा आवश्यक निर्देशन दिने ।
  • आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थाबीच लिनेदिने ।
  • आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने तथा जायजेथाको उचित प्रबन्ध गर्ने ।
  • बैंकले प्रदान गर्ने सेवाहरु
  • निक्षेप स्वीकार गर्ने
  • कर्जा प्रदान गर्ने
  • विदेशी मुद्राको विनिमय
  • सेफ्टी भल्ट
  • लकर प्रणाली
  • बैंक अधिविकर्ष
  • विप्रेषण
  • बैंक जमानत
  • कार्यसम्पादन जमानत
  • व्यापारी बैंकिङ सुविधा
  • अभिकर्ता सेवा
  • सुचना
  • वाणिज्य नोट खरिद गर्ने
  • वित्तीय परामर्श

धन्यवाद !!!!!

(काफ्ले सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेड शाखा कार्यालय कालिकानगरमा आवद्ध हुनुुहुन्छ ।)

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]