Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एक सातामा बैंकहरुको निक्षेप ११ अर्बले बढ्यो

२०७९ भाद्र २० गते

बैंकिङ खबर/ एक सातामा वाणिज्य बैंकहरुको ११ अर्ब रुपैयाँ निक्षेप थपिँदा कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघकाअनुसार एक साताको अवधिमा वाणिज्य बैंकको निक्षेप ११ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । भदौ १० गतेसम्म ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकमा निक्षेप बढे पनि कर्जा प्रभाह १ अर्ब रुपैयाँले मात्रै बढेको छ । भदौ १० गते ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेकोमा १७ गतेसम्म १ अर्ब रुपैयाँले बढेर कर्जा प्रवाह ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । संघका अनुसार भदौ १७ गतेसम्म बैंकको कर्जा–निक्षेप (सीडी रेसियो) ८८.२५ प्रतिशत रहेको छ ।