
बैंकिङ खबर/ अब जग्गा वर्गीकरणविना नै बैंकबाट धितो बन्धक राख्न पाइने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै मालपोत कार्यालयहरुलाई सर्वोच्चको आदेशअनुसार काम अघि बढाउन परिपत्र गरेको हो ।
सरकारले जग्गा वर्गीकरण नगरी बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितो बन्धक नगर्न गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले असार ५ गते अन्तरिम आदेश दिएको थियो ।
भूमि व्यवस्था मन्त्रालयले अदालतको आदेशअनुसार काम अघि बढाउन मंगलबार नै विभागलाई पत्र काटेपछि विभागले पनि मातहतका कार्यालयहरुलाई पत्राचार गरेको छ ।
भूमि व्यवस्था मन्त्रालयले अपरिपक्व र तयारीविनै धितो रोक्का राख्न निर्णय गरेपछि वैदेशिक अध्ययनका लागि विदेश जान ठिक्क परेका विद्यार्थीहरुको ऋण रोकिएको थियो ।
परिपत्रको पूर्णपाठ