२०७३ आश्विन ३ गते

संसारका सर्वाधिक धनी पाँच बैंकरहरु

richest-bankersमुलुकको विकासमा बैंक तथा वित्तीय संस्थाको महत्वपूर्ण योगदान रहेको हुन्छ । कर्जा तथा अन्य वित्तीय सेवाहरु उपलब्ध गराएर यस्ता वित्तीय संस्थाले मुलुकको अर्थतन्त्रलाई चलायमान तुल्याउने गर्दछन् । विश्वका अर्बपतिहरुको सूचिमा केही बैंकरहरु पनि परेका छन् । जसमध्ये उत्कृष्ट १० बैंकरको बारेमा यहाँ चर्चा गरिन्छ । 

जोसेफ सफ्रा ( Joseph Safra )
joseph-safraजोसेफ सफ्रा विश्वका सबैभन्दा धनी बैंकर हुन् जसको खुद सम्पत्ति १६.४ विलियन अमेरिकी डलर बराबरको रहेको छ । उनी एक सम्पन्न बैंकिङ परिवारमा जन्मिएका व्यक्ति हुन् । आफ्नै परिवारको सफलतालाई पछ्याउँदै उनले आफूलाई पनि एक अलग्गै उचाइमा पुर्याएका हुन् । सन् १९५५ मा उनले ब्यांको सफ्रा ( Banco Safra) सञ्चालनमा ल्याएका थिए, जुन ब्राजिलको आठौँ ठूलो निजीस्तरको बैंक बन्न सफल भयो । यसका साथै उनी ग्रुपो सफ्रा एसए (Grupo Safra S.A) नामक एक अन्तर्राष्ट्रिय संस्थाका अध्यक्ष समेत रहेका छन्, जुन कम्पनीले बैंकिङ तथा वित्तीय संस्थाहरुसँग सम्बन्धित काम गर्ने गर्दछ । 

लुईस कार्लोस सर्मेन्टो ( Luis Carlos Sarmiento)
ARCHIVOCOLP ORGANIZADAS LUIS CARLOS SARMIENTO ANGULO GRUPO AVAL17.JPGविश्वकै धनी बैंकरहरुमध्ये दोस्रो स्थानमा पर्ने कार्लोस कोलम्बियाका सबैभन्दा धनी व्यक्ति हुन् । उनको खुद सम्पत्ति १६.१ विलियन अमेरिकी डलर बराबर रहेको छ । उनी मेगा बैंकिङ मल्टिनेशनल ग्रुपो एभल एसिअनिज वाई भेलोर (Grupo Aval Acciones y Valore, SA) मा अध्यक्ष हुन् । साथै, उनीसँग ९० प्रतिशतभन्दा बढी बैंकको सेयर छ । ८० वर्षिय यी बैंकर आफ्ना सबै विजनेसहरु आफ्ना छोरा लुइस कार्लोस समेन्टो गुटेरेज (Luis Carlos Sarmiento Gutiérez) लाई सुम्पिन चाहन्छन् ।

पिटर केल्नर (Petr Kellner)
petr-kellnerपिटरले युनिभर्सिटी अफ इकोनोमिक्स, प्रेगबाट इन्डस्ट्रीयल इकोनोमिक्समा डिग्री हासिल गरे । त्यसपछि सन् १९९१ मा उनले पीपीएफ ग्रुप नामक एक इन्भेष्टमेन्ट फण्डको स्थापना गरे, जसले पूर्वदेखि पश्चिम युरोप, एसिया र रसियालाई आफ्नो कार्यक्षेत्र बनायो । यसका अलावा उनी, रियल स्टेट र टेलिकम्युनिकेसन इन्डस्ट्रीमा पनि संलग्न छन् । उनको खुद सम्पत्ति ११.१ विलियन अमेरिकी डलर बराबर रहेको छ । उनी सीजेच रिपब्लिकका सबैभन्दा धनी व्यक्ति समेत हुन् । 

अब्दुल अजिज अल घुरेयर (Abdul Aziz Al Ghurair)
abdul-azizअब्दुल अजिजले पैतृक सम्पत्तिको रुपमा ठूलो मात्रा बैंकिङ सेयर पाए । सो बैंकलाई अझ उचाईमा पुर्याउन उनले निकै मिहिनेत गरे । उनले युएईको एक मुख्य वित्तीय संस्था माश्रेक बैंक ( Mashreq bank ) को सीईओ भएर काम गरे । सन् २०११ मा फोब्र्सले उनको खुद सम्पत्ति २.७ विलियन अमेरिकी डलर मापन गरेको थियो । हाल उनको खुद सम्पत्ति ६.९ विलियन अमेरिकी डलर पुगिसकेको छ । बैंकिङबाहेक, उनी खाद्यान्न उत्पादनसँग पनि सम्बन्धित छन् । 

तेह होङ पिओउ (Teh Hong Piow)
teh-hongतीन वटा डिग्री र डबल पीएजडी गरेका तेह होङ एक वित्तीय विज्ञ मात्र नभएर तार्किक सिद्धान्तका खम्बा हुन् । उनको बैंकिङ करिअर सन् १९५० देखि सुरु भएको थियो । उनले मलेशियाका थुप्रै बैंकहरुको सम्माननीय पदमा रहेर काम गरेका छन् । सन् १९६६ मा पब्लिक बैंक स्थापना गरेपनि उनी टप बैंकरहरुको गन्तीमा परे । उनले वित्तीय क्षेत्रसँग सम्बन्धित थुप्रै अवार्ड तथा सम्मानहरु पाएका छन् । सन् २००९ मा उनी बेस्ट सिईओ इन मलेशियाबाट सम्मानित भएका थिए । हाल उनी मलेसियाका पाचौँ धनि व्यक्ति तथा विश्वका पाचौँ धनी बैंकरका रुपमा परिचित छन् । उनको खुद सम्पत्ति ६ विलियन अमेरिकी डलर बराबर रहेको छ ।