Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाली बैंकिङमा भारतीय डिजिटल भित्रिँदै, यस्ता छन् फाइदा

admin २०७८ चैत्र २२ गते
सेयर:

बैंकिङ खबर/ एउटा लेजर सिष्ट्रमबाट सुरुवात भएको नेपालको बैंकिङ इतिहास अहिले डिजिटलाइजेशनसम्म आइपुगेको छ । विश्व प्रविधिको बजारमा अत्याधुनिक प्रविधिमार्फत ग्राहकले सेवा लिइरहेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषले पनि प्रविधिको भरपुर प्रयोग गरि डिजिटल बैंकिङको विकास गर्ने सोचलाई प्राथमिकतामा राखेको छ भने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपालका बैंक तथा वित्तीय संस्थाहरुले पनि यसको आवश्यकताको महसुस गरेका छन् ।

डिजिटल बैंकिङका उच्च आवश्यकताको मनन् गरि नेपालले पनि वित्तीय प्रविधिलाई ब्यापक बनाउने, विश्व बजारमा आविस्कार भएका नयाँ प्रविधिसँगै सो को पूर्वाधार निर्माण गरि यसको विस्तार गर्दा, वित्तीय प्रविधिसँगै वित्तीय क्षेत्रले नयाँ गोरेटो कोर्दै आएको छ ।

यता छिमेकी देश भारतले पनि पछिल्लो समय डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाका अनुसार भारतको बैंकिङ क्षेत्रमा भुक्तानी, साना फाइनान्स बैंकहरु लगायतका नयाँ बैंकिङ मोडेलहरु अबलम्बन गरिएका छन् । जसले डिजिटल बैंकिङलाई थप सहज बनाएको छ ।

भारतीय रुपे  नेपालमा पनि

भारतको ‘रुपे’ डिजिटल कार्ड नेपालमा पनि प्रयोगमा आउने भएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा ‘रुपे’ डिजिटल कार्डको नेपालमा पनि सुरुवात गरेका हुन् ।

यो भारतको राष्ट्रिय भुक्तानी निगमले जारी गरेको कार्ड हो । भारतको भुक्तानी प्रणालीलाई एकीकृत गर्न जारी भएको कार्डलाई अब नेपालका बैंकहरुले पनि प्रयोगमा ल्याउन सक्नेछन् ।

के हो भारतको ‘रूपे’ डिजिटल कार्ड ?

‘रुपे’ भारतको ग्लोबल कार्ड भुक्तानी नेटवर्क हो । ‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै रूपे कार्डलाई पनि नेपालको बैंकले जोड्न सक्नेछन् । ‘रुपे’ कार्डबाट नेपालमा पनि भुक्तानीको सुविधा दिइनेछ ।

भारतको एसबीआई जस्ता ठूला बैंकहरु देखि देशका सबै प्रमुख बैंकहरूले रुपे डेबिट कार्डहरू जारी गरेका छन् । विशेषगरी भारतमा प्रधानमन्त्री जनधन योजना अन्तर्गत खोलिएका सबै खाताहरूको लागि रुपे कार्डहरूको प्रयोग भएको छ ।

भारतमा रेलवे यात्रुहरूले अब आफ्नो रुपे प्रिपेड कार्ड प्रयोग गरेर टिकट बुकिङ बाहेक किनमेल गर्न सक्छन् । सेवासँग सम्बन्धित बिलहरू पनि तिर्न पनि सक्छन् । भारतमा यी कार्डहरू दुई श्रेणीमा जारी गरिन्छ, एउटा लोडिङ सीमा रु. १० हजार र अर्को रु.५० हजार छ । प्रत्येक कार्डमा कुनै शुल्क बिना प्रति महिना ५ वटा निःशुल्क कारोबार हुन्छ । यो भारतीय बैंकहरू, एटीएम, पीओएस टर्मिनलहरू वा ई–वाणिज्य वेबसाइटहरूमा सहज रूपमा चल्छ ।
तर अहिले यो कार्ड नेपालमा भने एसविआई बैंकको एटिएम कार्ड र एसविआई बैंकको पिओएस मेशिनमार्फत मात्रै चल्नेछ ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलका अनुसार नेपालमा यस कार्डबाट हुने कारोबारको सिमा बैंक अफ इन्डियाले तोके बमोजिम हुनेछ ।भारतमा अधिकांश बैंकले यो कार्ड सञ्चालनमा ल्याइसकेका छन् । भारतमा यी कार्डहरू दुई श्रेणीमा जारी गरिन्छ, एउटा लोडिङ सीमा १० हजार रुपैयाँसम्मको र अर्को ५० हजार रुपैयाँसम्मको छ ।

के छ नेपाललाई फाइदा ?

रुपे कार्ड नेपालमा पनि चल्ने भएपछि यसले भारुको सञ्चित बढाउन केहि सहयोग पुर्‍याउने सहप्रवत्ता पोखरेल बताउँछन् । उनका अनुसार रुपे कार्डको सहायताले हामीले यहाँ बसीबसी इन्डियन करेन्सी आर्जन गर्न सक्ने छौं । नेपालमा भारतिय पर्यटक आउँदा उसले यहाँ आएर भारु खर्च गर्ने भएकोले भारुको रिर्जभमा केही सहयोग हुने उनी बताउँछन् ।

यसले सेवाग्राहीको लागि समेत सहजता प्रदान गर्छ । सेवाग्राहीले सहज रुपमा नै रुपे कार्डबाट नेपाली रुपैयाँ भुक्तानी गर्न पाउनेछन् । नेपालमा अधिकांश बैंकले भिसा कार्ड सञ्चालन गर्दै आएका छन् । अब ‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै रूपे कार्डमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

 

 

 

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।