सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडले धितोपत्र कारोवार सम्बन्धी कार्यहरु गर्नको लागि नेपाल धितोपत्र वोर्डबाट “धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)”को अनुमतिपत्र पाएको छ । अनुमति पाएसँगै कम्पनिले मर्चेन्ट बैंकिङ सेवा सुरु समेत गरेको छ । यससँगै सानिमा क्यापिटले मर्चेन्ट बैंकरको रुपमा हाल निष्काशन तथा विक्रि प्रवन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्टार, लगानी व्यवस्थापन र धितोपत्र निक्षेप सदस्यको रुपमा सेवा सुचारु गरेको जानकारी गराएको छ । साथै यस क्यापिटलले नियमनकारी निकायको स्वीकृती लिई, निकट भविष्यमै सामुहिक लगानी कोष (म्युचल फण्ड)को योजना व्यवस्थापक तथा कोषको निक्षेप सदस्यको रुपमा कार्य गर्ने योजना लिएको छ ।
सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित यस सानिमा क्यापिटलको रजिष्टर्ड कार्यालय नारायणचौर, नक्साल, काठमाडौं मा रहेको छ । यस क्यापिटलको अधिकतृ पूँजी रु १५ करोड र चूक्तापूँजी रु ११ करोड रहेको छ । चुक्तापूँजीलाई वढाएर रु १५ करोड सम्म पु¥याउने लक्ष्य रहेको छ । यस क्यापिटको सञ्चालक समितिको अध्यक्षमा सानिमा वैंक लि. का प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल छन् भने अन्य सञ्चालकमा तेज ब. चन्द, निश्चल राज पाण्डे, सरोज गुरागाई र श्रीप्रसाद पौडेल रहेका छन् । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीम मनिष नारायण जोशी छन् ।
