Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डलरको जोखिम सुरक्षण गर्ने व्यवस्था दोस्रो पटक संशोधनको तयारी

२०७८ मंसिर २१ गते

 


बैंकिङ खबर/ सरकारले डलरको जोखिम सुरक्षण गर्ने व्यवस्था (हेजिङ) मा दोस्रो पटक संशोधन गर्ने तयारी गरेको छ । डलरको जोखिम सुरक्षण गर्ने यसअघिको व्यवस्था कार्यान्वयनमा आउन नसकेपछि अर्थमन्त्रालयले नियमावली संशोधन गर्ने तयारी गरेका हो । अर्थ मन्त्रालयले २०७६ फागुनमा हेजिङसम्बन्धी नियमावली २०७५ लाई पहिलो पटक संशोधन गरेको थियो ।

उक्त संशोधनबाट पनि विदेशी लगानी ल्याउन स्पष्टता नभएको लगानीकर्ताबाट गुनासो आएपछि अर्थले दोस्रोपटक नियमावलीको संशोधन थालेको हो । सरकारले विदेशी मुद्रा जोखिमको व्यवस्था गरे पनि यसको दायित्वका विषयलाई लिएर लगानीकर्ता आकर्षित हुन सकेका छैनन् ।

हेजिङको दोस्रो संशोधनका लागि आन्तरिक तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । हेजिङ नियमावली संशोधनका लागि आन्तरिक छलफल गरिरहेको अर्थका अधिकारीहरुले जनाएका छन् । हेजिङ फन्ड लगानीमैत्री नभएपछि पूर्वाधारमा लगानी गर्न स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लाई पनि विदेशी लगानी जुटाउन समस्या भएको छ । यस्तै, अन्य वाणिज्य बैंकले पनि विदेशबाट ऋण लिन हेजिङ नियमावली बाधक बन्दै आएको बताएका छन् ।