Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

५० प्रतिशत हकप्रद शेयर जारी गर्दै जनता बैँक

admin २०७३ जेष्ठ ७ गते
सेयर:

janataजनता बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । माछापुच्छ्रे बैंकसँगको मर्जर प्रक्रिया अवरुद्ध भएपछि बैंकले पुँजी बढाउन दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।  

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । बैंकले यही जेठ ३० गते गर्ने साधारणसभा गर्ने जनाएको छ । सभामा अधिकृत पुँजी १० अर्ब बनाउने प्रस्ताव लैजाने बैंकको योजना छ । 

त्यसैगरी, बैंकको सञ्चालक समितिले १९ प्रतिशत प्रवर्द्धक सेयरलाई साधारण सेयर बनाउन प्रस्ताव गरेको छ । हाल बैंकमा प्रवर्द्धक सेयर ७० प्रतिशत र साधारण सेयर ३० प्रतिशत छ । प्रवर्द्धक सेयर साधारण सेयरमा परिणत भएपनि प्रवर्द्धक सेयर ५१ र साधारण सेयर ४९ प्रतिशत रहने छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।