Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यसकारण सहभागी हुनुपर्ने छ ‘बैंकिङ एक्स्पो’मा

२०७४ माघ ११ गते

बैंकिङ खबर । काठमाडौँको भृकुटीमण्डपमा यही माघ १९ र २० गते दोस्रो बैंकिङ एक्स्पो २०१८ को आयोजना हुँदैछ । बैंक वित्तसम्बन्धी सूचना मेलाको रुपमा आयोजना गर्न लागिएको एक्स्पोले विशेष गरी मेनेजमेन्ट अध्ययन गरेका वा गरिरहेका विद्यार्थी वर्ग, गरिरहेको व्यवसाय बढाउन चाहने उद्यमीहरु, रकमको अभावमा उद्यम सुरु गर्न नसकिरहेका जुझारु युवा र स्वदेशमै केही गर्छु भनेर अवसर खोजिरहेका व्यक्तिहरुलाई लक्षित गरेको संयोजक माधव निर्दोषले जानकारी दिए ।

नेपालका बैंक बीमाले दिने सेवा सुविधाबारे एकै ठाउँबाट जानकारी लिन
काठमाडौँमा दोस्रोपटक आयोजना गर्न लागिएको बैंकिङ एक्स्पोमा यसपटक झन्डै ७० वटा सूचनामूलक स्टलहरु रहने भएका छन् । एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, ब्रोकर एसोसिएसन लगायत विभिन्न वित्तीय संघसंस्था तथा बैंक, बीमा, रेमिट्यान्स, मर्चेन्ट बैंक लगायतले आआफ्नो सूचनामूलक स्टलहरु संचालन गर्नेछन् । सम्बन्धित संस्थाको स्टलमा गएर अवलोकनकर्ताहरुले उक्त संस्थाको सेवा सुविधाको बारेमा जानकारी लिन सक्नेछन् । दुवै दिन विहान १० बजेदेखि साँझ ५ बजेसम्म स्टल अवलोकन गर्न पाइनेछ । एक्स्पोमा बैंक, बीमा, रेमिट्यान्स कम्पनी, सेयर बजार लगायतका बारेमा अत्यावश्यकीय जानकारी पाइनेछ । 

वित्तीय चेतना बढाउन
एक्स्पोमा दुई दिनसम्म बैंक, बीमा, सेयर बजार एवम् उद्यमशीलता विषयमा विषयगत विज्ञहरु सम्मिलित गोष्ठी समेत संचालन हुनेछ । यसपालीको एक्स्पोमा सेयर बजार र बैंकिङ प्रविधिलाई फोकस गरेर गोष्ठी संचालन गरिनेछ । उक्त गोष्ठीमा सम्बन्धित विषयका विज्ञहरुद्धारा अत्यावश्यकीय जानकारी दिइनेछ भने सहभागीहरुको जिज्ञासाहरुको सम्बोधन पनि गरिनेछ । बैंक बीमाहरुले काम के हो ? यसबाट कसरी फाइदा लिने भन्ने कुराको जानकारी बैंकिङ एक्स्पोमा पाइनेछ । नेपाल राष्ट्र बैंकले केकस्ता सेवा दिन्छ ? धितोपत्र बोर्डले केके काम गर्छ ? युवा स्वरोजगार कोषबाट विनाधितो कर्जा कसरी पाउने ? बैंकले के आधारमा कर्जा दिन्छ ? कुन बैंकमा पैसा राख्दा कति व्याज आउँछ ? कस्तो प्रकारको बैंकले दिने सेवा सुविधा कस्तो हो ? लगायत थुप्रै अत्यावश्यकीय जानकारीहरु बैंकिङ एक्स्पोमा प्राप्त गर्न सकिनेछ । 

उद्यमी बन्ने आइडिया लिन
नेपालमा मेनेजमेन्ट अध्ययन गरेका थुप्रै युवाहरु बेरोजगार बसिरहेका छन् । उनीहरु नेपालमा केह ीगर्न नसकिने भन्दै विदेशीने सोच बनाइरहेका छन् । यस्ता युवालाई नेपालमै पनि उद्यम गरेर राम्रो व्यवसायी बन्ने वातावरण छ भन्ने विश्वास बैंकिङ एक्स्पोले दिलाउनेछ । मेनेजमेन्ट पढेर आफैँ उद्यम सुरु गर्ने सोचिरहेका युवाहरुका लागि पनि उद्यम सुरु गर्ने, लागत जुटाउने, व्यवसाय बढाउने लगायतका आइडियाहरु बैंकिङ एक्स्पोले प्रदान गर्नेछ । बैंक, लघुवित्त वा युवा स्वरोजगार कोषले दिने कर्जाको सदुपयोग गरेर व्यवसायी कसरी बन्ने भन्ने कुरा बैंकिङ एक्स्पोमा सिक्न सकिन्छ । 

बैंकिङ करिअर बनाउन
स्वरोजगार बन्नका लागि मात्र नभएर बैंकिङ क्षेत्रमा जागीर खाने सोच बनाएकाहरुलाई पनि बैंकिङ एक्स्पोले मद्दत पुर्याउनेछ । अहिले मेनेजमेन्ट नै अध्ययन गरिरहेका विद्यार्थीहरुमा पनि वित्तीय चेतनाको कमी पाइएको छ । यसकारण, उनीहरुले धेरै कोसिस गर्दा पनि बैंकमा जागीरलेको रुपमा प्रवेश गर्न सकेका छैनन् । बैंकिङ एक्स्पोले उक्त तथ्यलाई मध्यनजर गर्दै बैंकमा जागीर गर्नका लागि जान्नैपर्ने अत्यावश्यकीय बैंकिङ नलेज प्रदान गर्नेछ । 

नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ र माइक्रोफाइनान्स बैंकर्स संघसँगको सहकार्यमा मिडिया इन्टरनेशनलले उक्त सूचना मेलाको आयोजना गर्दैछ ।   

Ad